FAQs Complain Problems

संक्षिप्त परिचय

      काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । राष्ट्रिय जनगणना २०७८ काे प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाका कूल जनसंख्या १६,१४८ रहेको छ । जसमा पुरुषकाे संख्या ७९३३ र महिला ८२१५ रहेकाे छ । महाभारत गाउँपालिका आर्थिक, राजनीतिक, सामाजिक दृष्टिले निकै पिछडिएको ठाउँ हो । भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यस ठाउँमा हालसम्म जिल्ला सदरमुकाम सम्म जोड्ने पक्की सडक सञ्जाल छैन । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यस गाउँपालिकामा विशेष रुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ । पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ । महाभारतको बीचमा बनखु केन्द्र अनि काभ्रेको अग्लो सामुन्द्रिक सतहबाट अन्दाजी ५००० हजार मि. उचाइमा रहेको ताराखासे लेक  र भुमीचुली चैत्यपानी लेक यसै गाउँपालिकामा पर्दछ । दक्षिण सिमानामा कोखाजोर नदी, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोला नदीले यस गाउँपालिकालाई घेरिएको छ भने यस गाउँपालिकाको नामाकरण गरिएको महाभारत यसै गाउँपालिकाका प्राकृतिक सम्पदा एवं सौन्दर्य हुन् । पूर्णतः कृषिमा निर्भरता यहाँको जनताको मुख्य आर्थिक श्रोत कृषि नै हो । यसैबाट यहाँका जनताले दैनिक जीविकोपार्जन गर्दछन् ।